सलमानपछि शाहरुखलाई पनि उच्च सुरक्षा

सलमानपछि शाहरुखलाई पनि उच्च सुरक्षा

काठमाडौं : बलिउड अभिनेता सलमान खानको घर बाहिर गोली प्रहार भएर सुरक्षा बढाइएको केही दिनपछि अर्का अभिनेता शाहरुख खानको सुरक्षा पनि उच्च पारिएको छ।

शाहरुख आईपीएलमा आफ्नो टिम कलकत्ता नाइट राइडर्सको समर्थन गर्न चार दिनअघि कोलकाता गएका थिए। उनी हिजो बेलुका मात्र कडा सुरक्षाबीच कोलकाताबाट निस्किएका हुन्।

शाहरुखको फ्यान क्लबले शेयर गरेको भिडियोमा उनलाई सशस्त्र गार्ड, प्रहरी र एयरपोर्ट सुरक्षाकर्मीका साथ देखिएको छ।

भिडियोमा एयरपोर्टको टर्मिनलमा शाहरुख कारबाट ओर्लनासाथ सशस्त्र गार्ड, प्रहरी र एयरपोर्ट सुरक्षाकर्मीले उनलाई घेरेका छन्।

शाहरुखलाई हेर्न पुगेका उनका फ्यानलाई शाहरुखले एयरपोर्ट भित्र प्रवेश गर्नुअघि हात हल्लाएर अभिवादन गरेका छन्।

केही दिनअघि सलमानको घर बाहिर सलमानलाई ‘तर्साउन’का लागि दुई व्यक्तिले चार राउण्ड फायरिङ गरेका थिए।

सलमानलाई लामो समयदेखि पटक पटक ज्यानको धम्की आइरहेको छ। फायरिङ गर्ने दुई व्यक्ति अहिले प्रहरी हिरासतमा छन्।

६ बैशाख, २०८१, १३:२४:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।