बार्यन र मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनल प्रवेश

बार्यन र मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनल प्रवेश

काठमाडौं : बार्यन म्यूनिख र रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेका छन्।

बुधबार राति भएको खेलमा आर्सनललाई १-० गोलले हराउँदा समग्रमा ३-२ गोलको जित निकालेर बार्यन अन्तिम चारमा प्रवेश गरेको हो।

बार्यनका लागि जोसुवा किमिचले खेलको ६३औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।

उता पेनाल्टी सुटआउटमा म्यान्चेस्टर सिटीमाथि ४-३ गोलको विजयी भएर मड्रिडले अन्तिम चारमा स्थान पक्का गर्यो।

निर्धारित समयमा दुवैले १-१ गोलको बराबरी खेल्दा समग्रमा ४-४ को बराबरी भएको थियो।

निर्धारित समयमा मड्रिडको तर्फबाट खेलको १२औं मिनेटमा रोड्रिग्योले गोल गर्दा सिटीका लागि केभिन डी ब्रुयेनले ७६औं मिनेटमा गोल गरेका थिए।

यसअघि मंगलबार राति भएको खेलबाट डर्टमन्ड र पीएसजीले सेमिफाइनलमा स्थान बनाएका थिए।

पहिलो लेगको सेमिफाइनल खेल आगामी मंंगलबार हुँदा दोस्रो लेगका खेल मे ७ तारिखमा हुनेछ। फाइनल भने जुन २ तारिखमा खेलिनेछ।

६ बैशाख, २०८१, ०७:३४:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।