'सामान्य उपस्थिति'मै बेहुली बनिन् एलिना

'सामान्य उपस्थिति'मै बेहुली बनिन् एलिना
तस्बिर : गोपीकृष्ण चापागाईं

काठमाडौं : गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छन्।

बुधबार उनले प्रेमी विष्णु सापकोटासँग विवाह गरेकी हुन्।  

उनीहरू केही वर्षदेखि प्रेम सम्बन्धमा थिए। 

बागलुङ घर भएका विष्णुले झापाको बिर्तामोड पुगेर विवाह गरेका हुन्। 

पछिल्लो समयकी चर्चित गायिका एलिनाको विवाहमा दुई परिवारका सदस्यसहित थोरै मात्र कलाकारको उपस्थित थियो। विवाह समारोहमा गायिका रचना रिमाल, मेलिना मैनाली, एन्जिला रेग्मी, मोडलहरू विजय पुन, स्मारिका र समारिका ढकाल लगायत कलाकारहरू उपस्थित छन्। 

५ बैशाख, २०८१, १५:२२:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।