नेपाल र साउदीबीचको खेल केही ढिला मात्र सुरू हुने

नेपाल र साउदीबीचको खेल केही ढिला मात्र सुरू हुने
तस्बिर- सुवास हुमागाईं/ओमान

काठमाडौं : एसीसी प्रिमियर कप अन्तर्गत समूह ए मा रहेको नेपाल र साउदी अरेबियाबीचको खेल केही ढिला हुने भएको छ।

मंगलबार राति ओमान आएको हावाहुरी र ठूलो वर्षाका कारण पिचमा समस्या देखिएपछि खेल ढिला सुरु हुने भएको हो। नेपालले आज अल अमेरात क्रिकेट ग्राउन्डको २ नम्बरको मैदानमा खेल्दैछ।

समूह ए कै हङकङ र मलेसियाबीचको खेल भने निर्धारित समय अर्थाने पौने १२ बजे नै सुरु हुनेछ। जसका लागि हङकङले टस जितेर फिल्डिङ रोजेको छ।

खेल्नका लागि तयार गरिएको पिचमा कभरबाटै पानी छिरेपछि पिचसमेत परिवर्तन गर्न लागिएको ओमानबाट खेल पत्रकार सुवास हुमागाईंले जानकारी दिएका छन्।

उनका अनुसार अर्को पिच तयार पार्नका लागि ग्राउन्ड स्टाफले एक घण्टाको समय मागेका छन्। नेपाल र साउदी अरेबियाका खेलाडीहरू भने मैदानमा आएर अभ्यास थालिसकेका छन्।

नेपाल समूह ए बाट अपराजित रहँद समूह विजेता भइसकेको छ भने उपविजेताको टुंगो अहिलेसम्म लागिसकेको छैन। आजको पहिलो खेलपछि समूह ए को उपविजेताको टुंगो लाग्नेछ।

५ बैशाख, २०८१, ११:२८:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।