एसीसी प्रिमियर कप : नेपाललाई लगातार तेस्रो जित, हङकङ ८ विकेटले पराजित

एसीसी प्रिमियर कप : नेपाललाई लगातार तेस्रो जित, हङकङ ८ विकेटले पराजित

काठमाडौं : ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार तेस्रो जित हासिल गरेको छ। सोमबार सम्पन्न खेलमा नेपालले हङकङलाई आठ विकेटले पराजित गरेको हो। 

टस हारेर पहिले ब्याटिङ गरेको हङकङले नेपाललाई एक सय १४ रनको लक्ष्य दिएको थियो। हङकङ १७.५ ओभरमा अलआउट भएको थियो। 

नेपालले भने दुई विकेट गुमाएर १२.२ ओभरमा जित हासिल गरेको छ। वर्षाका कारण निर्धारित समयभन्दा ढिलो सुरु भएकाले खेल १८–१८ ओभरमा झारिएको थियो।

यसअघि नेपाली टोलीले आफ्नो पहिलो खेलमा मलेसियालाई पाँच विकेटले र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो। 

नेपाली टोली ६ अंकसहित समूह ‘ए’ तालिकाको पहिलो स्थानमा छ। 

यो सँगै लिगमा नेपाल समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको छ। 

३ बैशाख, २०८१, १५:४२:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।