एसीसी प्रिमियर कप : हङकङविरुद्ध नेपाललाई सातौं सफलता

एसीसी प्रिमियर कप : हङकङविरुद्ध नेपाललाई सातौं सफलता

काठमाडौं : एसीसी प्रिमियर कपमा हङकङविरुद्ध खेलिरहेको नेपालले सातौं सफलता हात पारेको छ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको हङकङले पन्ध्रौं ओभरको समाप्तीमा सातौं विकेट गुमाएको हो।

ललित नारायण राजवंशी रअबिनाश बोहराले दुई-दुई विकेट लिँदा करण केसीले एक विकेट हात पारे। गुल्सन झा र गुल्सन झाले दुईवटा रनआउट गरे।

हङकङका लागि अन्सुमन रथले २६ बलमा ३४ रन बनाउँदा कप्तान निजाकत खानले ११ बलमा १२ रन जोडे।

त्यसबाहेक टप अर्डर ब्याटरहरूले दोहोरो अंकमा रन जोड्न सकेनन्।

वर्षाका कारण प्रभावित खेल १८ ओभरमा झारिएको छ।

३ बैशाख, २०८१, १४:०७:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।