बलिउडमा २३ वर्षपछि ‘१२ वी फेल’ले बनाएको रेकर्ड

बलिउडमा २३ वर्षपछि ‘१२ वी फेल’ले बनाएको रेकर्ड

काठमाडौं : बलिउडमा यस्ता कैयौं फिल्म बनेका छन्, जसको चर्चा लामो समयसम्म चलिरहन्छ। 

उनीहरुको चर्चा मात्र होइन, थिएटरमा पनि महिनौंसम्म प्रदर्शन भइरहन्छ। अब यो चर्चामा निर्देशक विधु विनोद चोपडाको सुपरहिट फिल्म ‘१२ वी फेल’ पनि जोडिएको छ।

पछिल्लो २५ सातादेखि विक्रान्त मेसी र मेधा शंकरको यो फिल्मले लगातार दर्शकलाई मनोरञ्जन दिइरहेको छ। अहिले फिल्मले रिलिजको ‘सिल्भर जुब्ली’ पुरा गरेको छ।

फिल्मले थिएटरमा ‘सिल्भर जुब्ली’ मनाएको अवसर पारेर विधु विनोद चोपडले आफ्नो अफिसियल इन्स्टाग्राम हेण्डलमा एक पोस्ट शेयर गरेका छन्। पोस्टमा उनले २३ वर्ष यता कुनै पनि हिन्दी फिल्मले नबनाएको रेकर्ड ‘१२ वी फेल’ले बनाएको उल्लेख गरेका छन्।

यसअघि सन २००१ मा रिलिज सनी देओल र अमीषा पटेलको फिल्म ‘गदर–एक प्रेम कथा’ले यो कीर्तिमान बनाएको थियो। यो फिल्म २५ हप्तासम्म थिएटरमा प्रदर्शन भएको थियो।

यो फिल्म गत वर्षको २७ अक्टोबरमा रिलिज भएको थियो। २० करोड बजेटमा निर्माण भएको फिल्मले बक्सअफिसमा ७० करोड नेट कलेक्सन गरेर आफूलाई बम्पर फिल्मको रुपमा स्थापित गरेको थियो।

२ बैशाख, २०८१, ०९:१३:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।