नेपाल टेलिकमले ल्यायो स्प्रिङ अफरमा भ्वाइस र डेटा प्याकेज

नेपाल टेलिकमले ल्यायो स्प्रिङ अफरमा भ्वाइस र डेटा प्याकेज

काठमाडौं : नेपाल टेलिकमले स्प्रिङ अफर २०८० अन्तर्गत विभिन्न आकर्षक प्याक तथा सुविधाहरू उपलब्ध गराएको छ।

यस अन्तर्गत कम्पनीले विभिन्न सुविधा सहितका नयाँ भ्वाइस तथा डाटा प्याकेज सञ्चालनमा ल्याएको विज्ञप्तिमार्फत जनाएको छ।

यस अनुसार १८ रुपैयाँमा १ दिनसम्म सबै नेटवर्कमा कल गर्न सकिने २५ मिनेटको भ्वाइस प्याक उपलब्ध हुनेछ। यस्तै ३५ रुपैयाँमा दुई घण्टासम्म प्रयोग गर्न सकिने अनलिमिटेड डाटा प्याक उपलब्ध हुने प्रवक्ता हरि ढकालले जानकारी दिए।

नयाँ भ्वाइस प्याकेज अन्तर्गत सबै नेटवर्कमा प्रयोग गर्न सकिने १०१ मिनेट, १५० मिनेट र ५३५ मिनेट भ्वाइस प्याक उपलब्ध हुनेछ भने ३५ दिन सम्म जुनसुकै समय र जुुनसुकै नेटवर्कमा पनि प्रयोग गर्न सकिने १४०० मिनेट अल नेट भ्वाइस प्याक ५ सय ९९ रुपैयाँमा उपलब्ध हुनेछ।

यस्तै नयाँ डाटा प्याकेज अन्तर्गत २४ रुपैयाँमा एक घण्टा भ्वाइस र डाटा प्याकेज उपलब्ध हुनेछ। सो प्याकेज खरिद गरेमा एक घण्टा सम्म कम्पनीकै नेटवर्कमा (अन–नेट) अनलिमिटेड कल गर्न र डाटा चलाउन सकिन्छ।

त्यसैगरी २० रुपैयाँमा १ दिनका लागि ६०० एमबी डे डाटा प्याक र ८० रुपैयाँमा तीन दिनसम्म चलाउन सकिने तथा १०९ रुपैयाँमा सात दिनसम्म चलाउन सकिने ३ जीबी डाटा प्याक उपलब्ध हुनेछ। यी बाहेक ३ सय ९९ रुपैयाँमा २८ दिनसम्म चलाउन सकिने १३ जीबी डाटा प्याक उपलब्ध हुने कम्पनीले जनाएको छ।

यसैगरी प्रिपेड तथा पोस्टपेडमा उपलब्ध सजिलो अनलिमिटेड प्याकहरु परिमार्जन गरिएको छ भने नयाँ प्याकेजको रुपमा सजिलो एक्जिक्युटिभ प्याक सञ्चालन भएको ढकालले जानकारी दिए।

जीएसएम टुजी वा थ्रीजी सिम प्रयोगकर्ताहरुलाई फोरजी प्रयोग गर्न प्रोत्साहित गराउने उद्देश्यले नयाँ आकर्षक अफर उपलब्ध गराइने भएको पनि कम्पनीको भनाइ छ।

यसरी टुजी वा थ्रीजी प्रयोगकर्ताले आफ्नो सिमलाई फोरजीमा एक्टिभेट गरेमा ३ जीबी डाटा, १०० मिनेट भोल्टी भ्वाइस कल र ५० अन–नेट एसएमएस सुविधा उपलब्ध हुनेछ । स्प्रिङ अफर आजदेखि लागु भएको ढकालले बताए।

१ बैशाख, २०८१, १२:२६:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।