स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको शिखर सम्मेलनमा दश विधामा अवार्ड

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको शिखर सम्मेलनमा दश विधामा अवार्ड

काठमाडौं : दिन चलेको स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको दसौँ शिखर सम्मेलनमा दश वटा विधामा अवार्ड दिइएको छ।

शुक्रबार उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, स्वास्थ्य सचिव डा. रोशन पोख्रेल र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष प्रा.डा. गेहनाथ बरालले अवार्ड प्रदान गरेका हुन्।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदले बुधबारबाट गरेको तीनदिने शिखर सम्मेलन शुक्रबार सकिएको हो।

परिषदका सदस्य सचिव डा. प्रमोद जोशीले कार्यक्रमको समापनमा स्वास्थ्य अनुसन्धानमा लगानी बढाउनुपर्नेमा जोड दिए। 

३० चैत, २०८०, २१:५६:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।