एसीसी प्रिमियर कप : बहराइनलाई १७८ र युएईलाई १७९ रनको लक्ष्य

एसीसी प्रिमियर कप : बहराइनलाई १७८ र युएईलाई १७९ रनको लक्ष्य

काठमाडौं : एसीसी प्रिमियर कपमा ओमानले बहराइनलाई १७८ रनको लक्ष्य दिएको छ।

ओमानको अल एमिरातको ओमान क्रिकेट ऐकेडेमीमा भएको खेलमा टस हारेर पहिला ब्याटिङमा तानिएको घरेलु टोलीले निर्धारित २० ओभरमा विकेट गुमाएर १७७ रन बनायो।

उसका लागि आकिब इलियासले ५३ बलमा दुई चौका र दुई छक्काको मद्दतमा ६२ रन जोडे।

त्यसबाहेक कश्यम प्रजापति ३८ र नसमि खुसी १८ रनमा आउट हुँदा कप्तान जीसान मक्सुद र रफिउल्लाह अविजित रहँदै क्रमशः ४५ र ९ रन जोडे।

बहराइनका अली दाउद, रिवाज बट र अब्दुल मजिद समान एक-एक विकेट लिए।

यस्तै ओमानमै भएको दोस्रो खेलमा टस हारेर ब्याटिङमा तानिएको कुवेतले युएईलाई १७९ रनको लक्ष्य दियो। उसले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १७८ रन बनायो।

उसका लागि क्लिन्टो एन्टोले सर्वाधिक ५४ रनको अर्धशतकीय रनको पारी खेले। उस्मान पटेल २७, मित भवसार २५, बिलाल ताहिर २३, रविजा सन्दारुभनले २१ रनको पारी खेले।

युएईका बसील अहमद र अली नसीरले तीन-तीन विकेट लिए। मोहम्मद फारुकी र आयान अफ्जल खानले समान एक-एक विकेट लिए।

३० चैत, २०८०, १३:४२:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।