श्रीलंका सरकारले बढायो चुनावी सुरक्षा निक्षेप

श्रीलंका सरकारले बढायो चुनावी सुरक्षा निक्षेप

काठमाडौं : श्रीलंकामा चुनाव लड्नु राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूलाई महँगो पर्न सक्छ किनभने मन्त्रिपरिषद्ले सुरक्षा निक्षेप बढाउने प्रस्ताव गरेको थियो।

यसै साता मन्त्रिपरिषद्को बैठकले वर्तमान सामाजिक, आर्थिक र राजनीतिक परिप्रेक्ष्यमा राष्ट्रपति निर्वाचन ऐन, संसदीय निर्वाचन ऐन र प्रदेश परिषद् निर्वाचन ऐनका प्रावधानबमोजिम विद्यमान धरौटी रकमको सीमा अद्यावधिक गर्न उपयुक्त हुने बताएको छ।

राष्ट्रपति निर्वाचनका लागि मान्यता प्राप्त राजनीतिक दलका उम्मेदवारको धरौटी श्रीलंकाली रुपैयाँ ७५ हजारबाट बढाएर २६ लाख रुपैयाँ र स्वतन्त्र उम्मेदवारको धरौटी ५० हजार रुपैयाँबाट बढाएर ३१ लाख रुपैयाँ पुर्याइएको छ।

त्यस्तै संसदीय निर्वाचनमा मान्यता प्राप्त राजनीतिक दलका उम्मेदवारको धरौटी दुई हजारबाट बढाएर ११ हजार र स्वतन्त्र उम्मेदवारको धरौटी दुई हजारबाट बढाएर १६ हजार पुर्याइएको छ।

धरौटीको रकम बढाउने विषयमा निर्वाचन पर्यवेक्षण समूहले कानून पारित हुन समय लाग्ने भएकाले आगामी निर्वाचनसम्म कार्यान्वयन नहुने बताए।

३० चैत, २०८०, १०:३०:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।