टी–२० क्रिकेट विश्वकपमा नेपाली टिमको नयाँ जर्सी तर काँधमा झण्डा झुकेको देखियो

टी–२० क्रिकेट विश्वकपमा नेपाली टिमको नयाँ जर्सी तर काँधमा झण्डा झुकेको देखियो

काठमाडौं : आसन्न टी–२० क्रिकेट विश्वकपलाई लक्षित गरेर क्रिकेट एसोसिएसन अफ नेपालले टिमको नयाँ जर्सी सार्वजनिक गरेको छ। क्यानले सोमबार काठमाडौंमा कार्यक्रम गरेर जर्सी सार्वजनिक गरेको हो।

खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले नेपालको नयाँ जर्सी सार्वजनिक गरेका थिए।

नयाँ जर्सीको रंग रंग रातो, हल्का मधुरो र सेतोमा छ भने सबैभन्दा तल गैंडा र सगरमाथा राखिएको छ। बीचमा नेपाल लेखिएको जर्सीको काँधमा नेपालको झण्डा राखिएको छ। झण्डाको आकार झुकेको जस्तो देखिन्छ।

जर्सीको बायाँतर्फ क्यान र दायाँतर्फ टी–२० विश्वकपको लोगो छ। घाँटीको भाग रातो रंगमा छ। जर्सीको पछाडिको अधिकांश भाग निलो रंगमा छ।

जर्सी नम्बरमाथि खेलाडीको नाम छ। आगामी जेठमा अमेरिका र वेस्टइन्डिजमा हुने टी–२० विश्वकपमा नेपाल समूह डीमा परेको छ।

२६ चैत, २०८०, २२:३७:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।