निशानसँग अंश नलिई ऋचाको सम्बन्धविच्छेद : दुई वर्षको प्रेमपछि भएको कानुनी विवाह ३ वर्ष पनि टिकेन

निशानसँग अंश नलिई ऋचाको सम्बन्धविच्छेद : दुई वर्षको प्रेमपछि भएको कानुनी विवाह ३ वर्ष पनि टिकेन

काठमाडौं : गायक निशान भट्टराई र श्रीमती ऋचा न्यौपानेले सम्बन्धविच्छेद गरेका छन्। 

चैत ७ गते काभ्रे जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको एकल इजलासले सम्बन्ध विच्छेदको फैसला गरेको हो।

अदालतको आदेशमा भनिएको छ, ‘प्रस्तुत मिलापत्रको ब्यहोरा, त्यसको मतलब र परिणामसमेत दुवै पक्षलाई पढीबाची लेखिएबमोजिम पति पत्नीबीचको सम्बन्धविच्छेद हुनेगरी मिलापत्र गर्न सहमत भई दुवै पक्षहरुले सहीछाप समेत गरेकाले मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ बमोजिम प्रस्तुत मिलापत्र प्रमाणित गरिदिएको छ।’ 

जिल्ला अदालत काभ्रेका सूचना अधिकारी हिराकुमारी भण्डारीका अनुसार ऋचाले निशानबाट अंश नलिई सम्बन्धविच्छेद गरेकी हुन्। 

सूचना अधिकारी भण्डारीले भनिन्, ‘निवेदनमा अंशबारे केही उल्लेख थिएन। अदालतले पनि अंशका बारेमा केही आदेश दिएको छैन।’ 

विवाह गरेको केही समयपछि नै सम्बन्धमा दरार आएपछि आपसी सहमतिमै उनीहरुले सम्बन्धविच्छेदका लागि संयुक्तरुपमा निवेदन दिएका थिए। 

२०७७ सालमा यी दुईबीच कानुनी विवाह भएको थियो। दुई वर्षको प्रेम सम्बन्धलाई उनीहरूले कानुनी विवाहमा परिणत गरेपनि सम्बन्ध ३ वर्ष पनि टिक्न सकेन। 

निशान नेपाल आइडलको पहिलो सिजनको फस्ट रनरअप हुन्। ऋचा भने मोडलिङ पेसामा आबद्ध छिन्। 

२६ चैत, २०८०, १८:३१:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।