अन्तिम खेलमा जितेर चित्त बुझाउने लक्ष्यसहित आयरल्यान्डसँग खेल्दै नेपाल 'ए'

अन्तिम खेलमा जितेर चित्त बुझाउने लक्ष्यसहित आयरल्यान्डसँग खेल्दै नेपाल 'ए'

काठमाडौं : काठमाडौंमा जारी एक दिवसीय क्रिकेटमा आज नेपाल ‘ए’ र आयरल्यान्ड 'ए' बीच अन्तिम खेल हुँदै छ।

खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदानमा शुरु हुनेछ। 

यसअघि भएका दुई खेलमा नेपाल पहिलो खेलमा २१ रन र दोस्रोमा ११४ रनले आयरल्यान्डसँग पराजित भएको थियो। दुवै खेलमा नेपाल अल आउट भएको थियो।

१५८ रनको लक्ष्य पछ्याएको नेपाल पहिलो खेलमा १३६ रनमा अल आउट हुँदा १७५ रनको लक्ष्य पछ्याएको दोस्रो खेलमा नेपाल ६० रनमै समेटिएको थियो। 

आज आयरल्यान्ड दिवसीय क्रिकेटको अन्तिम खेल पनि क्लिन स्विप गर्ने लक्ष्यका साथ मैदान प्रवेश गर्दा नेपाली टिम भने आजको अन्तिम खेलमा जित निकालेर सुखद अन्त्यको लक्ष्यमा रहनेछ। 

२५ चैत, २०८०, ०८:३५:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।