उपनिर्वाचन बझाङ १ (१) : १२ जनाको उम्मेदवारी, इलाममा मिलेका एमाले-माओवादी बझाङमा छुट्टिए

उपनिर्वाचन बझाङ १ (१) : १२ जनाको उम्मेदवारी, इलाममा मिलेका एमाले-माओवादी बझाङमा छुट्टिए

काठमाडौं : आउँदो वैशाख १५ गते हुने बझाङ प्रदेश सभा क्षेत्र नम्बर १ को उपनिर्वाचनका लागि १२ जनाले उम्मेदवारी दर्ता गराएका छन्। 

जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार तोकिएको समयभित्र १२ जनाले दर्ता प्रमाणपत्र बुझेका छन्। 

एमालेबाट दमनबहादुर भण्डारी, एकीकृत समाजवादीबाट दिलबहादुर सिंह, जसपाबाट रामबहादुर जाग्री र राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्रबहादुर थापाले उम्मेदवारी दर्ता गराएका छन्। 

त्यस्तै, कांग्रेसका तर्फबाट अभिषेकबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका छन्। 

इलाममा एमालेका उम्मेदवारलाई समेत समर्थन गरेको माओवादी केन्द्रले बझाङमा भने आफ्नै उम्मेदवार अघि सारेको छ। 
माओवादी केन्द्रबाट जनकबहादुर बुढाले निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका छन्। 
नेपाल मजदुर किसान पार्टीबाट खगेन्द्रबहादुर शाही र नेश्नल रिपब्लिक पार्टीबाट कमल घर्तीमगरको उम्मेदवारी दर्ता भएको छ। 

यसैगरी, नागरिक उन्मुक्ति पार्टीबाट सुशीलादेवी विष्ट नेपाली जनता दलबाट अशोक सुनार र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट किशोरकुमार खड्काले उम्मेदवारी दर्ता गरेको बताइएको छ। 

२४ चैत, २०८०, १९:३१:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।