रुसी एयरबेसमा आक्रमण भएको दोस्रो दिन खार्किभमा रुसी ड्रोन आक्रमण, छ जनाको मृत्यु

रुसी एयरबेसमा आक्रमण भएको दोस्रो दिन खार्किभमा रुसी ड्रोन आक्रमण, छ जनाको मृत्यु

एजेन्सी : युक्रेनको खार्किभ शहरमा रुसी ड्रोन आक्रमणमा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ।

इरानमा निर्मित शाहिद ड्रोनले शनिबार बिहान केही अपार्टमेन्टका ब्लकहरू सहित धेरै भवनहरूमा प्रहार गरेको मेयर इहोर तेरेखोभले जानकारी दिए।

खार्किभ रुसी सीमानाको सबैभन्दा नजिकको युक्रेनी शहर हो। पछिल्लो समय रुसले आफ्नो आक्रमणलाई तीव्र बनाएको छ।

भविष्यमा यो शहरमा रुसले आक्रमण गर्नसक्ने युक्रेनी अधिकारीहरूले बताएका छन्। मेयर तेरेखोभले टेलिग्राम मेसेजिङ एपमा हमलामा कम्तीमा १० जना घाइते भएको बताए।

केही अपार्टमेन्ट ब्लक, पेट्रोल स्टेशन र प्रशासनिक भवन र कारमा क्षति पुगेको प्रहरीले जनाएको छ।

शुक्रबार युक्रेनले ६ रुसी विमान नष्ट गरेको दाबी गरेको थियो। युक्रेनी रक्षा स्रोतहरूले बीबीसी युक्रेनीलाई रोस्तोभ क्षेत्रमा आक्रमणमा अन्य आठ विमानहरू नराम्ररी क्षतिग्रस्त भएको बताएका थिए।

यस आक्रमणमा २० सैनिकको मृत्यु भएको अनुमान गरिएको छ। रिपोर्टका अनुसार मोरोजोभस्क एयरबेसमा युक्रेनको युद्धमा प्रयोग गरिएका सुखोई-२७ र सुखोई-३४ विमानहरू छन्।

२४ चैत, २०८०, १३:०४:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।