बरोडाविरुद्ध नेपालले टस हार्यो, कप्तान रोहित पौडेल पनि बेन्चमा

बरोडाविरुद्ध नेपालले टस हार्यो, कप्तान रोहित पौडेल पनि बेन्चमा

काठमाडौं : एसएमएस फ्रेन्डसिप कप अन्तर्गत लिगको अन्तिम खेलमा नेपालले टस हारेको छ।

बरोडाका कप्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले फिल्डिङ गर्ने भएको छ।

नेपालले आज टोलीमा चार परिवर्तन समेत गरेको छ।

नेपालका कप्तान रोहित पौडेल सहित सोमपाल कामी, अविनाश बोहोरा र आसिफ शेखले आज विश्राम पाउने छन् भने पछिल्लो खेलमा बाहिर रहेका ललित राजवंशी, करन केसी, दीपेन्द्र सिंह ऐरी, आकाश चन्द टोलीमा अटाएका छन्।

रोहितको अनुपस्तिथिमा आज नेपालको कप्तानी दिपेन्द्र सिंह ऐरीले गर्नेछन्।

नेपाल र गुजरात दुवै टोली फाइनल प्रवेश गरिसकेका छन्। नेपालको ३ खेलमा ६ अंक भएको छ। गुजरातको ४ खेलमा ४ अंक छ भने बरोडा ३ खेलमा अंकविहीन छ।

२३ चैत, २०८०, १२:४२:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।