आयरल्यान्ड उल्भ्सले नेपाललाई दियो १७५ रनको लक्ष्य

आयरल्यान्ड उल्भ्सले नेपाललाई दियो १७५ रनको लक्ष्य
तस्बिर- नेपाल क्रिकेट संघको फेसबुकबाट।

काठमाडौं : नेपाल ‘ए’विरुद्धको तीन खेलको एकदिवसीय सिरिजको दोस्रो खेलमा आयरल्यान्ड उल्भ्सले १७५ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको आयरल्यान्ड उल्भ्स ३८.४ ओभरमा सबै विकेट गुमाएर १७४ रनमा समेटियो।

३४ रन बनाउन पाँच विकेट गुमाएको उल्भ्सले १४० रन जोडेर पछिल्लो पाँच विकेट गुमायो।

उसका लागि ग्याभिन होयले ५० रनको अर्धशतकीय पारी खेल्दा कप्तान निल रकले ४५ र लियम म्याकक्यार्थीले ३५ रन जोडे।

पिटर मोरले १७ रन जोड्नु बाहेक बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

नेपालका रिजन ढकाल र साहब आलमले तीन–तीन विकेट लिँदा मौमस ढकालले दुई र कमलसिंह ऐरीले एक विकेट हात पारे।

नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

२३ चैत, २०८०, १२:३६:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।