ताइवानमा शक्तिशाली भूकम्प गएपछि जापान र फिलिपिन्समा सुनामीको चेतावनी

ताइवानमा शक्तिशाली भूकम्प गएपछि जापान र फिलिपिन्समा सुनामीको चेतावनी
हुवालाइन शहर, ताइवान।

एजेन्सी : जापानपछि अब फिलिपिन्समा पनि सुनामीको चेतावनी दिइएको छ।

समाचार एजेन्सी एएफपीका अनुसार ताइवानमा भूकम्प गएपछि प्रशासनले तटीय क्षेत्र खाली गर्न आदेश जारी गरेको छ।

ताइवानमा बुधबार बिहान ७.४ म्याग्निच्युडको भूकम्प गएको छ। ताइवानमा गएको २५ वर्षमा यो सबैभन्दा शक्तिशाली भूकम्प हो।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको केन्द्रविन्दु ताइवानको हुआलियन सहरबाट १८ किलोमिटर (११ माइल) दक्षिणमा रहेको थियो।

चीनको दक्षिणपूर्वी फुजियान प्रान्तका केही भागमा पनि भूकम्पको धक्का महसुस भएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन्।

केही समयअघि जापानले पनि सुनामीको चेतावनी जारी गरेको थियो। सुनामीको छाल तीन मिटर अग्लो हुन सक्ने आशंका गरिएको छ।

जापानमा पनि प्रशासनले ओकिनावाको तटीय क्षेत्रबाट मानिसहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न सल्लाह दिएको छ।

२१ चैत, २०८०, ०८:१२:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।