स्वास्थ्य मन्त्रालयको सचिवको जिम्मेवारीमा बुर्लाकोटी

स्वास्थ्य मन्त्रालयको सचिवको जिम्मेवारीमा बुर्लाकोटी

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रशासनतर्फको सचिवको जिम्मेवारी मधुसुदन बुर्लाकोटीले पाएका छन्।

बिहीबारको मन्त्रिपरिषद् बैठकले उपराष्ट्रपति कार्यालयको सचिवको भूमिकामा रहेका बुर्लाकोटीलाई स्वास्थ्य मन्त्रालयको सचिवको जिम्मेवारी दिएको हो।

उनले कहिले हाजिर हुने भन्ने प्रष्ट नपारे पनि आफूले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएको पुष्टि गरे।

‘कहिले (हाजिर हुन्छु) सल्लाह गर्नुपर्छ’, उनले भने।

यसअघि पनि उनी स्वास्थ्य मन्त्रालयमा सहसचिवको जिम्मेवारीमा काम गरेका थिए।

स्वास्थ्य मन्त्रालयमा स्वास्थ्यतर्फको प्राविधिक र प्रशासनीक गरी दुई सचिव हुने व्यवस्था छ। प्राविधिकतर्फको सचिवमा डा. रोशन पोख्रेल कार्यरत छन्।

२० चैत, २०८०, ०९:१५:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।