ताथलीमा काठमाडौँ क्यान्सर सेन्टरको फिजियोथेरापी एन्ड क्यान्सर रिह्याबिलिटेसन सेवा सुरु

ताथलीमा काठमाडौँ क्यान्सर सेन्टरको फिजियोथेरापी एन्ड क्यान्सर रिह्याबिलिटेसन सेवा सुरु

काठमाडौँ : काठमाडौँ क्यान्सर सेन्टरले, ताथलीमा फिजियोथेरापी एन्ड क्यान्सर रिह्याबिलिटेसन सेवा सुरु गरेको छ। फिजियोथेरापी एन्ड क्यान्सर रिह्याबिलिटेसन सेवा अन्तर्गत ओपिडी र इनपेसेन्ट सेवा प्रदान गरिने सेन्टरले जानकारी दिएको छ।

जनरल फिजियोथेरापी बाहेक विशेष क्यान्सरका बिरामीहरूलाई प्रि-रिह्याबिलिटेसन र  रिह्याबिलिटेसन सेवा प्रदान गर्ने सेन्टरले जानकारी दिएको छ। क्यान्सरको बिरामीलाई अति आवश्यक उपचार लिम्फ्याटिक ड्रेनेज जस्ता उपचार पद्धति आधुनिक उपकरणद्वारा उपलब्ध गराइने सेन्टरले जानकारी दिएको छ।

क्यान्सरको उपचारले शारीरिक र मानसिक रूपमा पूर्याउने विकारबाट जोगिन र बिरामीको क्वालिटी अफ लाइफ राम्रो बनाउन क्यान्सर रिह्याबिलिटेसनले महत्त्वपूर्ण भूमिका खेल्ने सेन्टरको भनाई छ।

नेपालमा क्यान्सर रिह्याबिलिटेसनको महत्त्व जनमानसमा कम भएको कारण र यसको सुविधाको कमी भएकोले काठमाडौँ क्यान्सर सेन्टरले दक्ष जनशक्ति र आधुनिक प्रविधि सहितको फिजियोथेरापी र रिह्याबिलिटेसन डिपार्टमेन्टको सुरुवात गरेको जनाएको छ।

१८ चैत, २०८०, २१:३०:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।