पूर्वस्वास्थ्यमन्त्री बस्नेतप्रति तोसिमा - 'वीर अस्पताललाई ध्वस्त पारेर जानुभयो, २७६ जना जनशक्ति एकैपटक निकालिदिनुभयो'

पूर्वस्वास्थ्यमन्त्री बस्नेतप्रति तोसिमा - 'वीर अस्पताललाई ध्वस्त पारेर जानुभयो, २७६ जना जनशक्ति एकैपटक निकालिदिनुभयो'

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले पूर्व स्वास्थ्यमन्त्री मोहन बस्नेतले वीर अस्पताल ध्वस्त बनाएको आरोप लगाएकी छिन्।

आइतबार प्रतिनिधिसभा बैठकमा उनले वीर अस्पतालमा रहेका विभिन्न अभावहरूको तथ्यांक प्रस्तुत गर्दै वीर अस्पतालमा तत्काल स्वास्थ्य जनशक्ति थप गरी पूर्ण रूपमा सेवा सञ्चालन गर्न माग गरिन्।

उनले आईसीयू र शल्यक्रिया बेड नपाएर सयौँ बिरामी फर्किनुपरेको भन्दै यसको मुख्य कारण जनशक्ति अभाव रहेको बताइन्।

पूर्वस्वास्थ्यमन्त्री बस्नेतप्रति इंगित गर्दै उनले भनिन्, 'यसअघिका स्वास्थ्यमन्त्रीले वीर अस्पताललाई ध्वस्त पारेर जानुभयो, २७६ जना जनशक्ति एकैपटक निकालिदिनुभयो।'

वीर अस्पतालका निम्ति स्वीकृत ८३१ जनशक्ति तत्काल थप गर्न समेत उनले माग गरिन्।

आईसीयू, भेन्टिलेटर र शल्यक्रिया बेड खोज्दै बालबालिकादेखि वृद्धवृद्धासम्म भौँतारिनु परिरहेको अवस्थाको अन्त्य गर्नुपर्नेमा उनको तर्क छ।

१८ चैत, २०८०, १३:५४:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।