गृहमन्त्री लामिछानेमाथि छानविनको माग कायम

गृहमन्त्री लामिछानेमाथि छानविनको माग कायम

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा छानविन गर्न संसदीय छानविन समितिको माग कायम राखेको छ।

शनिबार सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरेका थिए।

छलफलमा छानविन समिति गठन गर्ने कि नगर्ने, सदन चलाउने कि नचलाउने भन्ने विषयमा भोलि(आइतबार) पदाधिकारी बैठक बसेर निर्णय गर्ने सुशिला थिङले जानकारी दिइन्।

उनले भनिन्, ‘हामी भोलि पदाधिकारी बैठक बस्छौं। कांग्रेसले कुन पोजिसन लिने, छानविन समिति गठन गर्ने कि नगर्ने, सदन चलाउने कि नचलाउने भन्ने विषयमा हामी भोलि छलफल गछौं।’

१७ चैत, २०८०, १३:५०:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।