गुल्मीमा मलामी बोलेको जीप दुर्घटना हुँदा एकको मृत्यु, १२ जना घाइते

गुल्मीमा मलामी बोलेको जीप दुर्घटना हुँदा एकको मृत्यु, १२ जना घाइते

काठमाडौं : गुल्मीमा गएराति मलामी बोकेको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ। १२ जना घाइते भएका छन्।

सत्यवती गाउँपालिका-४  मा भएको दुर्घटनामा ७५ वर्षीय मनबहादुर फुम्जालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए। 

रुद्रवेणीबाट मलामी लिएर लिम्घातर्फ फर्किने क्रममा लु १ च ४३२० नम्बर को पिकअप जीप मौरीओडार स्थित शाहघाट लिम्घाको भित्री सडकमा दुर्घटनामा परेको हो। 

प्रहरी उपरीक्षक पोखरेलका अनुसार जीप ब्रेक फेल भई सडकबाट करिब ४० मिटर तल खसेको हो। 

घाइतेमध्ये चार जनालाई थप उपचारको लागि पाल्पा पठाइएको छ। अन्य घाइते ८ जनाको स्थानीय जोहाङ प्राथमिक स्वास्थ्य केन्द्र गुल्मीमा उपचार भइरहेको छ।   

१६ बैशाख, २०८१, ०९:०३:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।