इलाम-२ को उप-निर्वाचनका लागि रास्वपाले उम्मेदवारी घोषणा गर्दै

इलाम-२ को उप-निर्वाचनका लागि रास्वपाले उम्मेदवारी घोषणा गर्दै

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज इलाम-२ को उप-निर्वाचनका लागि औपचारिक रूपमा उम्मेदवार घोषणा गर्दैछ।

दिउँसो १ बजे इलाम नगरपालिका-७ लाँकुरी चौताराको चोक बजारमा उम्मेदवारी घोषणा गर्न लागेको पार्टीका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले जानकारी दिए।

रास्वपाले बिहीबार इलाम-२ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो।

उम्मेदवारी घोषणा सभालाई सभापति रवि लामिछाने र उप-सभापति डा.स्वर्णिम वाग्ले, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, सह महामन्त्री कवीन्द्र बुर्लाकोटी, सह-प्रवक्ता रमेश प्रसाई, केन्द्रीय सदस्य तोसिमा कार्कीलगायतका नेताले सम्बोधन गर्नेछन्।

आगामी वैशाख १५ मा हुने उपनिर्वाचनका लागि चैत २४ मा उम्मेदवारी दर्ताको कार्यतालिका छ।

१७ चैत, २०८०, ०७:२१:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।