आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपाल ए २१ रनले पराजित

आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपाल ए २१ रनले पराजित

काठमाडौँ : आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपाल ए २१ रनले पराजित भएको छ। त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आयरल्यान्ड वुल्भ्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २२ रन बनाएको थियो।

जित नजिक पुगेको नेपाल ए को मध्यक्रमका ब्याटरहरुले फिनिसिङ इनिङ खेल्न नसक्दा लक्ष्य पुरा गर्न सकेनन्। नेपालका ओपनर लोकेश बमले ८ छक्का र ९ चौकाको सहयोगमा ५२ बलमा शतक पूरा गरे पनि जितका लागि काफी भएन। नेपाल २ सय १ रनमा अल आउट भयो।

नेपाल ए २ सय २३ रन पच्छ्याउँदै मैदानमा उत्रिएको थियो। वल्भ्सले सिरिजमा १-० को अग्रता लिएको छ। दोस्रो खेल शनिबार हुनेछ।

१६ चैत, २०८०, १६:४७:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।