८ छक्का र ९ चौकाको सहयोगमा लोकेशले हाने शतक

८ छक्का र ९ चौकाको सहयोगमा लोकेशले हाने शतक

काठमाडौँ : नेपालका ओपनर लोकेश बमले आयरल्यान्ड वुल्भ्सविरुद्ध शतक पूरा गरेका छन्। ८ छक्का र ९ चौकाको सहयोगमा ५२ बलमा शतक पूरा गरे।

नेपालले २ सय २३ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहेको छ। त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आयरल्यान्ड वुल्भ्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २२ रन बनाएको थियो।

 

 

१६ चैत, २०८०, १६:४०:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।