फिल्म ‘ईश्वर’को फस्ट लुक सार्वजनिक

फिल्म ‘ईश्वर’को फस्ट लुक सार्वजनिक

काठमाडौँ : फिल्म ‘ईश्वर’को फस्ट लुक सार्वजनिक भएको छ। राजु गिरीको निर्देशन बनेको फिल्म २०८१ मंसिर १४ गते रिलिज गर्ने निर्माण पक्षको तयारी छ। लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण भएको फिल्मको मुख्य भूमिकामा ध्रुव थापा, अनु शाह, पृथ्वीराज प्रसाईँ, कृष्टि गुरुङ, सुनिल थापा, सबिन बास्तोला, माओत्से गुरुङ, रवीन्द्र झा, बुद्धि तामाङ, शिशिर बाङ्देल,सबिन बास्तोला र गीता अधिकारी लगायत छन्।

फिल्मको फस्टलुकमा सुनिल थापा, बुद्धि तामाङ, रवीन्द्र झा, माओत्से गुरुङ, शिशिर वाङ्देल, पृथ्वीराज प्रसाईँ, अनु शाह, ध्रुव थापा फिचर्ड छन्।

दिव्या कङ्गना फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको पटकथा एवम् संवाद भोजराज देवकोटाले तयार पारेका हुन्। हरिबहादुर थापा र शङ्कर गिरी निर्माता रहेको फिल्ममा अर्जुन पोखरेल, राजेन्द्र बजगाईँ र बिपी वाग्लेको सङ्गीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी, रामेश्वर हुँमागाईको छायाङ्कन र देव महर्जनको द्वन्द्व छ।

१६ चैत, २०८०, १६:१६:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।