कमलसिंह ऐरीको उत्कृष्ट कमब्याक, इनिङको दोस्रो बलमै लिए विकेट

कमलसिंह ऐरीको उत्कृष्ट कमब्याक, इनिङको दोस्रो बलमै लिए विकेट

काठमाडौं : नेपाल ‘ए’ विरुद्धको पहिलो टी२० क्रिकेटमा आयरल्यान्ड उल्भ्सले पहिलो विकेट गुमाएको छ।

इनिङको दोस्रो बलमा नेपालका कमलसिंह ऐरीले कप्तान निल रकलाई आरिफ शेखको हातबाट क्याचआउट गराए।

राष्ट्रिय टोलीबाट खेलिरहेका ऐरी दुई वर्षअघि इन्जुरीका कारण राष्ट्रिय टिमबाहिर थिए। उनले अहिले नेपाल ए बाट राष्ट्रिय टोलीमा कमब्याक गरेका हुन्।

नेपाल ‘ए’का कप्तान विनोद भण्डारीले टस जितेर पहिलो फिल्डिङ गर्ने निर्णय लिएपछि आयल्यान्ड उल्भ्स ब्याटिङमा तानिएको हो।

यसअघि भएको नेपालको सिनियर टोलीसँगको दुवै टी२० खेलमा आयरल्यान्ड उल्भ्स पराजित भएको थियो।

१६ चैत, २०८०, १३:०९:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।