आयरल्यान्ड उल्भ्सविरुद्धको पहिलो टी२० मा नेपाल ए ले टस जित्यो

आयरल्यान्ड उल्भ्सविरुद्धको पहिलो टी२० मा नेपाल ए ले टस जित्यो

काठमाडौं : नेपाल ‘ए’ क्रिकेट टोलीले आयरल्यान्ड उल्भ्सविरुद्ध पहिलो टि२० खेलमा टस जितेको छ।

नेपाल ‘ए’ को कप्तान विनोद भण्डारीले टस जितेर पहिलो फिल्डिङ गर्ने निर्णय लिएका हुन्।

योसँगै आयरल्यान्ड उल्भ्सले पहिला ब्याटिङ गर्नेछ। यसअघि भएको नेपालको सिनियर टोलीसँगको दुवै टी२० खेलमा आयरल्यान्ड उल्भ्स पराजित भएको थियो।

आयरल्यान्ड उल्भ्स नेपाल ए विरुद्धको पहिलो खेल जितेर विजयी सुरुवात गर्न चाहन्छ भने नेपाल ए शीर्ष टोलीको लिगेसीलाई कायम गर्न चाहन्छ।

विनोद भण्डारीको कप्तानीमा रहेको नेपाल ए मा आज लोकेश बम, देव खनाल, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, बसिर अहमद, राशिद खान, सागर ढकाल, कमल सिंह ऐरी, हेमन्त धामी खेल्दैछन्।

विकास आग्री, विपिन खत्री, पवन सर्राफ र नारायण जोशी बेन्चमा रहनेछन्।

१६ चैत, २०८०, १२:५८:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।