गाजामा अवरोधविना राहत र चिकित्सा सामग्री लैजान दिन इजरायललाई आईसीजेको आदेश

गाजामा अवरोधविना राहत र चिकित्सा सामग्री लैजान दिन इजरायललाई आईसीजेको आदेश

एजेन्सी : संयुक्त राष्ट्रसंघको सर्वोच्च अदालतले इजरायललाई गाजामा कुनै अवरोधविना राहत सामग्री र चिकित्सा सामग्री प्रवाह गर्न अनुमति दिन आदेश दिएको छ।

इन्टरनेशनल कोर्ट अफ जस्टिस (आईसीजे)ले इजरायलले ‘विना ढिलाइ’ कार्यान्वयन गर्न भनेको छ। गाजामा केही साताभित्र भोकमरी आउने चेतावनीपछि यो आदेश आएको हो।

तर, इजरायलले राहत रोकेको आरोपलाई 'निराधार' भनेको छ।

इजरायलले गाजामा नरसंहार गरेको आरोप लगाउँदै दक्षिण अफ्रिकाले सर्वोच्च अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दायर गरेको थियो।

अब दक्षिण अफ्रिकाले पनि गाजामा राहत सामग्री पुर्याउन अपिल गरेको थियो।

१६ चैत, २०८०, ११:४०:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।