दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु, एक बालिका मात्र बाँचिन्

दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु, एक बालिका मात्र बाँचिन्

एजेन्सी : दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ।

दुर्घटनामा एक ८ वर्षीय बालिकाको जीवीतै उद्दार गरिएपनि उनको अवस्था गम्भीर रहेको छ।

बोत्स्वानाको राजधानी गेबोरोनबाट मोरिया शहरतर्फ गइरहेको तिर्थयात्री बोकेको बस बिहीबार अनियन्त्रित भएर उत्तरपूर्वी लिम्पोपो प्रान्तमा दुर्घटनाग्रस्त भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

पहाडमा ठोक्किर पुलबाट करिब ५० फिट तल खोँचमा बस खसेपछि आगलागी भएको थियो।

दुर्घटनामा घाइते एक ८ वर्षीया बालिकाको भने जीवितै उद्धार गरिएको छ। तर, उनको अवस्था गम्भीर रहेको छ।

घटनापछि त्यहाँ स्थलगत निरिक्षण गर्न पुगेकी यातायात मन्त्री सिन्दिसिवे चिकुंगाले बस दुर्घटनामा परी ज्यान गुमाएका परिवारप्रति समवेदना प्रकट गरेकी छन्।

१६ चैत, २०८०, ०९:५२:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।