कर्णाली पुलबाट हाम फाल्दा डुबेका शाहीको शव भेटियो, साथीहरूसँगै जोसिँदा डुबेका थिए कर्णालीमा

कर्णाली पुलबाट हाम फाल्दा डुबेका शाहीको शव भेटियो, साथीहरूसँगै जोसिँदा डुबेका थिए कर्णालीमा

काठमाडौँ : होलीको दिन कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम फाल्दा बेपत्ता भएका युवकको शव चार दिनपछि फेला परेको छ। कैलालीको लम्की–चुहा नगरपालिका–३ का ३० वर्षीय लोकेन्द्र शाहीको शव पुलबाट १५ किलोमिटर तल फेला परेको हो।

गत सोमबार दिउस उनीसहित १७ जना कर्णाली पुलबाट कर्णाली नदीमा हाम फालेका थिए। १६ औँ नम्बरमा हाम फालेका उनी पौडनेक्रममा नदीमा डुबेका थिए। प्रहरीका अनुसार शाहीको शव बिहीबार टिकापुर–२ संकटी घाटमा भेटिएको हो।

शाही बेपत्ता भए लगत्तै नजिकै रहेको बोटबाट खोजी गरे पनि भेटिएको थिएन। घटना लगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको गोताखोर टिम समेत परिचालन गरिएको थियो।

प्रहरीले पुलबाट हाम फालेका १७ मध्ये आठ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो। 

१५ चैत, २०८०, २०:०६:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।