गोलरक्षक एञ्जिलाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’ को प्रदर्शन अर्को वर्ष माघमा

गोलरक्षक एञ्जिलाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’ को प्रदर्शन अर्को वर्ष माघमा

काठमाडौं : मिलन चाम्सले निर्देशन गरेको फिल्म ‘अञ्जिला’को प्रदर्शन मिति घोषणा भएको छ।

महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’लाई अर्को वर्षको माघ ११ गतेलाई रिलिज मिति घोषणा गरिएको हो।

फिल्ममा एञ्जिला आफैं नै प्रमुख भूमिकामा रहेकी छन्।

एञ्जिलाका अलावा फिल्ममा दयाहाङ राई, मिरुना मगर, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल, हरि खड्का, मञ्जु श्रेष्ठ, वेदना राई, सिद्धार्थ सिंह, सुरज तमु, सुमिन गुरुङ, विष्णु मोक्तान लगायतको पनि अभिनय रहेको छ।

एञ्जिलाकै जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौंमा छायाङ्कन गरिएको फिल्ममा प्रेमकुमार श्रेष्ठ निर्माता रहेका छन्।

एञ्जिलाको बालापनदेखि खेल जीवनसम्मको कथामा रहेर फिल्म निर्माण गरिएको निर्देशक चाम्सले बताए।

१५ चैत, २०८०, १५:००:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।