बाल्टिमोर दुर्घटना: बेपत्ता छ मध्ये दुई जनाको शव भेटियो

बाल्टिमोर दुर्घटना: बेपत्ता छ मध्ये दुई जनाको शव भेटियो

एजेन्सी : अमेरिकाको बाल्टिमोर शहरमा भएको दुर्घटनापछि जारी उद्धार अभियानमा अमेरिकी प्रहरीले दुई जनाको शव फेला पारेको छ।

दुवैको शव २५ फिट तल रातो रंगको पिकअप ट्रकमा फसेको थियो।

शवको पहिचान बाल्टिमोरका ३५ वर्षीय अलेजान्ड्रो हर्नान्डेज फ्युएन्टेस र डुन्डल्कका २६ वर्षीय डोर्लियन कास्टिलो क्याब्रेराको भएको छ।

अमेरिकी कोस्ट गार्डका अधिकारीहरूले मृत घोषणा गरिएका सबै छ जना कामदारको शव खोजिरहेका छन्।

दुर्घटना हुँदा यी सबै कामदार पुलमा खाल्डा भर्ने काममा व्यस्त थिए र जहाज पुलमा ठोक्किएपछि पानीमा खसेका थिए।

कार्गो जहाजबाट डाटा रेकर्डर पनि बरामद भएको छ। यसबाट दुर्घटनाबारे थप जानकारी खुल्ने अनुसन्धानकर्ताहरूले आशा गरेका छन्।

१५ चैत, २०८०, ०८:४६:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।