बहराइनसँगै दुवै खेलमा पराजित भएको राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्किँदै

बहराइनसँगै दुवै खेलमा पराजित भएको राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्किँदै

काठमाडौं : विश्वकप र एसियन कप छनोटका लागि भएको खेलमा बहराइनसँग ५-० र ३-० ले पराजित भएको नेपाली राष्ट्रिय फुटबल टोली आज नेपाल फर्किँदैछ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार फ्लाइ दुबईको उडानबाट बुधबार राति ११ बजेर ४५ मिनेटमा नेपाली राष्ट्रि फुटबल टोली बहराइनबाट नेपाल आइपुग्नेछ।

नेपालमा हुनुपर्ने विश्वकप छनोटको पहिलो खेल दशरथ रंगशालाको खराब अवस्थामा कारण नेपालमा हुन नसकेपछि बहराइनसँगको दुवै खेल बहराइनमा भएको थियो।

मैदान खराब भएपछि राष्ट्रिय खेलकुद परिषद्ले यसअघि अखिल नेपाल फुटबल संघलाई दिएको रंगशाला आफ्नै मातहतमा ल्याएको छ।

बहराइनमा दुवै खेलमा पराजित भएसँगै नेपाल चार खेलमा अंकविहीन हुँदै तालिकाको पुच्छारमा छ। दुवैमा जित निकालेको बहराइन चार खेलमा नौ अंकसहित दोस्रो स्थानमा छ।

समूहमा युएई ४ खेलमा सबै खेल जितेर १२ अंकसहित शीर्ष स्थानमा रहँदा यमनले चार खेलमा एक खेल जितेर ३ अंकसहित तेस्रो स्थानमा रहेको छ।

अब नेपालले विश्वकप छनोट अन्तर्गत आगामी जुनमा यमन र युएईसँग खेल्ने तालिका छ।

१४ चैत, २०८०, ११:५६:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।