राधाकृष्ण र गणेशको मुर्ति चोरेको आरोपमा एक पक्राउ

राधाकृष्ण र गणेशको मुर्ति चोरेको आरोपमा एक पक्राउ

काठमाडौं : धादिङमा मूर्ति चोरी गरेको आरोपमा एकजना पक्राउ परेका छन्।

थाक्रे गाउँपालिका -३, मल्डुङ बस्ने ३८ वर्षीय सीताराम घिमिरेलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

उनीमाथि सोही गाउँपालिका-६, महादेवबेसी बजारस्थित कुतकुते महादेवश्वर मन्दिरबाट मुर्ति चोरेको आरोप छ।

प्रहरीका अनुसार मन्दिरमा रहेको राधाकृष्ण र गणेशको मूर्ति चोरी गरी फरार रहेका उनलाई पक्राउ गरिएको हो।

 

१३ चैत, २०८०, १४:३१:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।