नेपालको पहिलो विकेट गुम्यो, आशिफ शेख ११ रन बनाएर आउट

नेपालको पहिलो विकेट गुम्यो, आशिफ शेख ११ रन बनाएर आउट

काठमाडौं : आयरल्याण्ड उल्भ्सविरुद्धको दोस्रो तथा अन्तिम टी२० मा नेपालको पहिलो विकेट गुमेको छ।

तेस्रो ओभरको पाँचौं बलमा आशिफ शेख आउटसाइड एज लागेर आउट भएका हुन्। उनलाई म्याथ्यू फोस्टरले विकेटकिपर स्टेफेन दहानीको हातबाट क्याचआउट गराए।

आशिफले ९ बलमा एक चौका र एक छक्काको मद्दतमा ११ रन बनाएर आउट भए।

दोस्रो खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका थिए।

यो खेलमा नेपालले दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीलाई आराम दिएर विवेक यादव र अनिल शाहलाई मौका दिएको छ।

१३ चैत, २०८०, १३:१४:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।