पाकिस्तान : बलुचिस्तानको तुर्बात विमानस्थल नजिकै अतिवादी आक्रमण

पाकिस्तान : बलुचिस्तानको तुर्बात विमानस्थल नजिकै अतिवादी आक्रमण

एजेन्सी : पाकिस्तानको बलुचिस्तान प्रान्तको तुर्बातमा अतिवादी आक्रमण भएको छ। यो इरानसँग सीमा जोडिएको क्षेत्र हो।

मकरन डिभिजनका कमिश्नर सईद इमरानीले यसको पुष्टि गर्दै सोमबार राति एयरपोर्ट नजिकै आक्रमण भएको बताएको बीबीसीले जनाएको छ।

चारदेखि छ जना आक्रमणकारीले तीन स्थानबाट एयरपोर्टलाई निशाना बनाएको समाचारमा उल्लेख छ। यद्यपि आक्रमणकारीहरू नौसेनाको एयरबेसमा भने पुग्न सकेनन्।

क्वेटाका एक वरिष्ठ अधिकारीले भने- ‘आक्रमणकारीहरू तुर्बत एयरपोर्टमा प्रवेश गरेका थिए। तर, सुरक्षा बलहरूले उनीहरूको षड्यन्त्र विफल पारेका छन्।’

प्रतिबन्धित चरमपन्थी संगठन बीएलएको माजिद ब्रिगेडले यस हमलाको जिम्मेवारी लिएको छ।

एक साताभित्र बलुचिस्तानमा यस चरमपन्थी संगठनले गरेको यो दोस्रो आक्रमण हो। यसअघि ग्वादर जिल्लामा बन्दरगाह प्राधिकरण कम्प्लेक्समा आक्रमण भएको थियो।

१३ चैत, २०८०, ०८:१८:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।