आयरल्यान्ड उल्भ्ससँग आज दोस्रो टी२० खेल्दै नेपाल

आयरल्यान्ड उल्भ्ससँग आज दोस्रो टी२० खेल्दै नेपाल

काठमाडौं : दुई टी२० खेलकाे सिरिज अन्तर्गत नेपालले आज आयरल्यान्ड उल्भ्ससँग दुई खेल खेल्दैछ।

खेल दिउँसो १ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने।

सोमबार भएको पहिलो खेलमा नेपालले आयरल्यान्डलाई ६ विकेटले हराएको थियो।

अन्तर्राष्ट्रिय मान्यता नभएकाले यो अभ्यास खेल मात्र हो।

नेपालको रोहित पौडेल र आयरल्यान्डको निल रकले कप्तानी गरिरहेका छन्।

आयरल्यान्ड उल्भ्समा सिनियर टोलीबाट खेलेका नौ खेलाडी समावेश छन्।

आजको खेलमा पहिलो खेलमा मौका नपाएका अनिल शाह, विवेक यादव र आकाश चन्दलाई मौका दिने सम्भावना छ।

१३ चैत, २०८०, ०७:११:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।