टी-२० अभ्यास खेलमा आयरल्यान्ड ‘ए’ नेपालसँग पराजित

टी-२० अभ्यास खेलमा आयरल्यान्ड ‘ए’ नेपालसँग पराजित

काठमाडौँ : नेपालले पहिलो टी-२० अभ्यास खेलमा आयरल्यान्ड ‘ए’लाई ६ विकेटले हराएको छ। टी-यू क्रिकेट मैदानमा भएको खेलमा पहिलो ब्याटिङ गरेको आयरल्यान्डले १ सय २२ रनको चुनौती दिएको थियो। नेपालले सो लक्ष्य १६.१ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो।

नेपालको तर्फबाट ओपनर कुशल भुर्तेलले ३८, सन्दीप जोराले ३७, आसिफ शेखले १६ र दीपेन्द्रसिंह ऐरीले २० रन बनाएका थिए। आयरल्यान्डका ग्यारेथ डेलानीले २, थोसम मेयर र बेन ह्वाइटले एक/एक विकेट लिएका थिए।

टस जितेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले २० ओभरमा सबै विकेट गुमाएर १ सय २१ रन बनाएको थियो। आयरल्यान्डका ओपनर स्टेफन डोहेनीले सर्वाधिक ४६ रन बनाएका थिए। आयरल्यान्डका अन्य कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्।

नेपालका कुशल भुर्तेल, गुल्सन झा र ललित राजवंशीले २/२ विकेट लिएका थिए।करण केसी र कुशल मल्लले १/१ विकेट लिएका थिए।

१२ चैत, २०८०, १६:१३:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।