आयरल्यान्डले नेपाललाई दियो १२२ रनको लक्ष्य

आयरल्यान्डले नेपाललाई दियो १२२ रनको लक्ष्य

काठमाडौं : टी-२० शृंखलाको पहिलो खेलमा आयरल्यान्ड वुल्भ्सले नेपालसामु १२२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको आयरल्यान्ड वुल्भ्सले निर्धारित २० ओभरमा १० विकेट गुमाएर १२१ रनको योगफल प्रस्तुत गर्यो।

आयरल्यान्ड वुल्भ्सका स्टेफन डोहेनीले ४६ रन बनाए। उनले ३९ बलमा चार चौका र दुई छक्का प्रहार गरे।

लियम म्याकार्थीले सात बलमा दुई चौका र एक छक्कासहित १७ रन बनाए। थोमस मायेसले १६ र फियोन ह्यान्डले ११ रन थप्दा आयरल्यान्ड वुल्भ्सका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

नेपालका ललितनारायण राजवंशी, गुल्सन झा र कुशल भुर्तेलले समान दुई विकेट लिए । करण केसी र कुशल मल्लले एक/एक विकेट लिए।

नेपाल ‘ए’ ले आयरल्यान्ड वुल्भ्ससँग पाँच टी-२० र तीन एकदिवसीय खेलको शृंखला खेल्ने तालिका छ। जसअन्तर्गत सुरुका दुई टी-२० खेल रोहितकुमार पौडेलको नेपाली सिनियर टिमले खेल्दा बाँकी खेल भने विनोद भण्डारीको कप्तानीमा रहेको नेपाल ‘ए’ ले खेल्नेछ।

१२ चैत, २०८०, १४:५५:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।