कुशल मल्लले दिलाए नेपाललाई पाँचौं सफलता

कुशल मल्लले दिलाए नेपाललाई पाँचौं सफलता

काठमाडौं : आयरल्यान्ड वुल्भ्ससँग पहिलो टी२० खेलमा नेपालले पाँचौं सफलता हात पारेको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एघारौं ओभरको दोस्रो बलमा पाँचौं विकेट गुमाएको हो।

कुशल मल्लले आयरल्यान्ड्सका उल्भ्सका ग्यारेथ दिलानीलाई दीपेन्द्रसिंह ऐरीको हातबाट क्याचआउट गराए।

यसअघि गुल्सन झाले कप्तान निल रक र माेर्गन टपिङलाई आउट गरेका थिए भने त्यसअघि ललितनारायण राजवंशी र करण केसीले आयरल्यान्ड उल्भ्सको एक-एक विकेट लिए।

टी२० विश्वकपको तयारी स्वरूप नेपालले आयरल्यान्डसँग यो खेल खेलेको हो। दोस्रो खेल मंगलबार खेलेपछि नेपाली राष्ट्रिय टोली मैत्रीपूर्ण सिरिजका लागि भारत जानेछ।

कीर्तिपुरमा भने नेपालको ए टिम र आयरल्यान्ड वुल्भ्सबीच तीन टी-२० र तीन एकदिवसीय खेल हुनेछ।

१२ चैत, २०८०, १३:५८:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।