खेलको दोस्रो बलमै करणले लिए आयरल्यान्ड उल्भ्सको विकेट

खेलको दोस्रो बलमै करणले लिए आयरल्यान्ड उल्भ्सको विकेट

काठमाडौं : आयरल्यान्ड वुल्भ्ससँग पहिलो टी२० खेलको दोस्रो बलमै नेपाललाई सफलता हात परेको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले दोस्रो बलमै विकेट गुमाएको हो।

नेपालका करण केसीले आयरल्यान्डका ओपनर मार्क एडियरलाई दोस्रो बलमा बोल्ड गरे। त्यसअघि उनले पहिलो बलमा चौका हिर्काएका थिए। 

टी२० विश्वकपको तयारी स्वरूप नेपालले आयरल्यान्डसँग यो खेल खेलेको हो। दोस्रो खेल मंगलबार खेलेपछि नेपाली राष्ट्रिय टोली मैत्रीपूर्ण सिरिजका लागि भारत जानेछ।

कीर्तिपुरमा भने नेपालको ए टिम र आयरल्यान्ड वुल्भ्सबीच तीन टी-२० र तीन एकदिवसीय खेल हुनेछ।

१२ चैत, २०८०, १३:१९:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।