आयरल्यान्ड उल्भ्सविरुद्ध नेपालले टस हार्‍यो

आयरल्यान्ड उल्भ्सविरुद्ध नेपालले टस हार्‍यो

काठमाडौं : आयरल्यान्ड उल्भ्सविरुद्ध दुई टी२० शृंखला अन्तर्गतको पहिलो खेलमा नेपालले टस हारेको छ।

आयरल्यान्डका कप्तान निल रकले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिला फिल्डिङ गर्ने भएको छ।

नेपालका लागि १५ जनामध्ये आकाश चन्द, प्रतिश जिसी, अनिल शाह, विवेक यादव बाहिर रहनेछन्।

तीन मुख्य पेसर सोमपाल कामी, करण केसी र अभिनाश बोहरा सहित गुलशन झा पनि प्लेइङ ११ मा रहेका छन्।

सिनियर टोली २ खेलको सिरिज खेल्दा त्यसपछि भने नेपाल ‘ए’ को खेल तालिका रहेको छ। 

नेपाल भोलि अर्को खेल खेलेपछि बरोडा र गुजरात सम्मिलित त्रिकोणात्मक ‘फ्रेन्डसीप कप’ खेल्न भारतको गुजरातस्थित वापी पुग्नेछ।

नेपाली टोली:
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दिप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, अभिनाश बोहरा

१२ चैत, २०८०, १२:५५:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।