‘महाजात्रा’ले तीन दिनमा चार करोडभन्दा बढी कमाएको दाबी

‘महाजात्रा’ले तीन दिनमा चार करोडभन्दा बढी कमाएको दाबी

काठमाडौं : ‘जात्रा’ र ‘जात्रैजात्रा’को सिक्वेल फिल्म ‘महाजात्रा’ले तीन दिनमा चार करोडभन्दा बढी कमाएको दाबी गरिएको छ।

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मले आइतबारसम्म चार करोड २६ लाख कुल कमाइ गरेको चलचित्रका निर्देशक प्रदीप भट्टराईले दाबी गरेका हुन्।

यो पनि:- महाजात्रा : दर्शक हँसाउने चक्करमा खलबलिएको पटकथा, अर्थहीन थप पात्र

निर्देशक भट्टराईका अनुसार पहिलो दिन अर्थात् शुक्रबार एक करोड २३ लाख कमाइ गरेको फिल्मले शनिबार एक करोड ८३ लाख र आइतबार एक करोड २० लाख कुल कमाइ गरेको हो।

प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्रले शुक्रबारभन्दा शनिबार धेरै शो पाएको थियो। हलमा दर्शक बढ्दै गएपछि विदेशी फिल्मलाई दिइएको शोहरू पनि ‘महाजात्रा’लाई दिइएको छ।

आकस्मिक रूपमा प्राप्त कालोधनलाई लुकाउने प्रयासमा पात्रहरूले पाएको सकसको कथा ‘महाजात्रा’मा देखाइएको छ।

फिल्ममा विपीन कार्की, रवीन्द्र सिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, हरिवंश आचार्यलगायत कलाकार मुख्य भूमिकामा छन्।

१२ चैत, २०८०, १०:२४:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।