कीर्तिपुरमा आयरल्यान्ड उल्भ्ससँग भिड्दै नेपाली राष्ट्रिय क्रिकेट टोली

कीर्तिपुरमा आयरल्यान्ड उल्भ्ससँग भिड्दै नेपाली राष्ट्रिय क्रिकेट टोली

काठमाडौं : टी२० विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय टोलीले आज आयरल्याण्डको ए टोली ‘आयरल्याण्ड उल्भ्स’सँग खेल्दैछ।

खेल नेपाली समयअुनसार दिउँसो १ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदैछ। सिरिजका लागि आयरल्याण्डको टोली केही दिनअघि नै नेपाल आइसकेको छ भने क्यानले पनि १५ सदस्यीय टोली घोषणा गरिसकेको छ।

आठ खेलको सिरिजका लागि नेपाल आएको टोलीले राष्ट्रिय टोलीसँग दुई टी२० तथा नेपाल ए सँग तीन टी२० र तीन एकदिवसीय खेल खेल्नेछ।

राष्ट्रिय टोलीसँगको टी२० खेल आज र भोलि हुनेछ भने मार्च २८, २९ र ३१ मा टी२० तथा अप्रिल ३, ५ र ७ मा एकदिवसीय खेल हुनेछ।

खेलको टिकट आइएमई पेमार्फत काट्न सकिन्छ। क्यानले यो सिरिजको टिकट मूल्य दुई सय रुपैयाँ तय गरेको छ।

खेल डिसहोमको एक्सन स्पोर्ट्स च्यानलका साथै क्यानको युट्युब च्यालमा पनि प्रत्यक्ष प्रसारण हुने क्यानले जनाएको छ।

१२ चैत, २०८०, ०७:४०:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।