आइपीएलमा कोलकाताको ४ रनको रोमाञ्चक जीत

आइपीएलमा कोलकाताको ४ रनको रोमाञ्चक जीत

एजेन्सी : इन्डियन प्रिमियर लिग आइपीएलमा कोलकाता नाइट राइडर्सले ४ रनको रोमाञ्चक जीत निकालेको छ।

शनिबार राति भएको खेलमा कोलकाताले सनराइजर्स हैदरावादलाई ४ रनले पराजित गरेको हो।

कोलकाताले पहिला ब्याटिङ गर्दा निर्धारित ओभरमा २०८ रन बनाएको थियो। जवाफमा हैदरावादले ७ विकेट गुमाएर २०४ रन मात्रै बनाउन सक्यो।

२०९ रनको लक्ष्य पछ्याएको हैदरावादले बलियो सुरुवात गरेको थियो। मयंक अग्रवाल र अभिषेक शर्माबीच पहिलो विकेटका लागि ६० रनको साझेदारी भएको थियो।

छैटौँ ओभरको तेस्रो बलमा अग्रवाललाई हर्षित रानाले क्याच आउट गरेका थिए। उनले २१ बलमा चार चौका र एक छक्काको मद्दतले ३२ रन बनाए। अभिषेक शर्माले ३२ रन बनाए। रसेलले उनलाई आफ्नो सिकार बनाए।

तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका राहुल त्रिपाठी र एडेन मार्करामबीच तेस्रो विकेटका लागि ३६ रनको साझेदारी भयो। मार्कराम १८ रन बनाएर पभेलियन फर्किए।

राहुलले २० रनको योगदान गरे। १५ ओभरपछि हैदरावादको स्कोर चार विकेटमा १२८ रन थियो। त्यतिबेला क्लासेन १८ रन बनाएर र अब्दुल समद २ रन बनाएर क्रिजमा थिए।

१७ औं ओभरमा समदले बाउन्ड्रीको चक्करमा विकेट गुमाए। उनले १५ रन बनाउन सके।

१७ ओभरपछि पाँच विकेटमा १४९ रन थियो। त्यसपछि शाहबाज अहमद ब्याटिङमा आए। हैदरावादलाई जितका लागि अन्तिम तीन ओभरमा ६० रन आवश्यक थियो।

क्लासेन–शाहबाजले १८ औं ओभरमा गियर परिवर्तन गरे र यो ओभरमा २१ रन जोडे। यो ओभर वरुण चक्रवर्तीले गरेका थिए। यसपछि १९ औं ओभरमा मिचेल स्टार्क बलिङ गर्न आए र उनको ओभरमा क्लासेन–शाहबाजले २६ रन बनाए।

क्लासेनले पनि २५ बलमा अर्धशतक पूरा गरे। अन्तिम ओभरमा १३ रन आवश्यक थियो र २२ वर्षीय हर्षित राना बलिङ गर्न आए। क्लासेनले २० औं ओभरको पहिलो बलमा छक्का प्रहार गरे।

दोस्रो बलमा क्लासेनले रन लिए। तेस्रो बलमा हर्षितले शाहबाज (१६)लाई श्रेयस अय्यरमार्फत क्याच आउट गराए।

नयाँ ब्याट्सम्यान यान्सेनले चौथो बलमा एक रन लिए। पाँचौं बलमा हर्षितले क्लासेनलाई सुयशको हातबाट क्याच आउट गराउँदै पभेलियन पठाए।

क्लासेनले २९ बलमा ८ छक्का प्रहार गर्दै ६३ रनको इनिङ खेलेर फर्किएका थिए।

अन्तिम बलमा पाँच रन आवश्यक थियो र कमिन्स स्ट्राइकमा थिए। तर, स्लोअर वनमा कमिन्सको सट चुक्यो र कोलकाता चार रनले विजयी भयो।

हर्षित रानाले तीन तथा आन्द्रे रसेलले दुई विकेट लिए। वरुण चक्रवर्ती र सुनिल नारायणले एक/एक विकेट हात पारे।

टस हारेर पहिले ब्याटिङमा आएको कोलकाता केकेआरले २० ओभरमा सात विकेट गुमाएर २०८ रन बनाएको थियो।

फिलिप साल्ट, रमनदीप सिंह, रिंकु सिंह र आन्द्रे रसेलको महत्वपूर्ण योगदान थियो। यी चार ब्याट्सम्यान बाहेक केकेआरका कुनै पनि खेलाडी लामो समय विकेटमा टिक्न सकेनन्।

टोलीलाई पहिलो झट्का सुनिल नारायण मात्रै दुई रन बनाएर आउट भए।

त्यसपछि तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका वेंकटेश अय्यरले पनि खास केही गर्न सकेनन्। उनी टी नटराजनको बलिङमा जोन्सनको हातबाट आउट भए। उनी चौथो ओभरको तेस्रो बलमा ७ रन बनाएर पभेलियन फर्किएका थिए।

कप्तान श्रेयस अय्यर खाता नखोल्दै तेस्रो विकेटको रुपमा आउट भए। ३२ रनको स्कोरमा केकेआरले तीन विकेट गुमाएको थियो। यो क्रम यहीँ रोकिएन, केकेआरलाई चौथो झटका मयङ्क मार्कण्डेयले नितिश रानाको रूपमा दिए। उनी ९ रन मात्र बनाउन सके।

कोलकाताले ५१ रनको स्कोरमा चार विकेट गुमाएको थियो। टोलीलाई राम्रो साझेदारी आवश्यक थियो।

यस्तो अवस्थामा फिलिप साल्ट र रमनदीप सिंहबीच पाँचौं विकेटका लागि ५४ रनको साझेदारी भयो। यो साझेदारी प्याट कमिन्सले तोडेका थिए। उनले १३ औं ओभरको पहिलो बलमा रमनदीपलाई मार्कण्डेयले क्याच आउट गरेका थिए।

२६ वर्षीय ब्याट्सम्यानले ३५ रन बनाए भने फिल साल्टले तीन चौका र तीन छक्काको मद्दतले ५४ रन बनाउन सफल भए। आठौं नम्बरमा ब्याटिङ गर्न आएका आन्द्रे रसेलको तूफानी पारिमा कोलकाता नाइट राइडर्सले अन्तिम ५ ओभरमा एक विकेट गुमाएर ८५ रन बनाएको थियो।

रसेल र रिंकु सिंहबीच सातौं विकेटका लागि ८१ रनको साझेदारी भयो। वेस्ट इन्डिजका स्टार अलराउन्डरले २५ बलमा ६४ रनको शानदार इनिङ खेले।

नटआउट पारीमा उनको ब्याटबाट तीन चौका र सात छक्का निस्केका थिए भने रिंकु सिंहले तीन चौकाको मद्दतले २३ रन बनाए।

टी नटराजनले उनलाई आफ्नो सिकार बनाए। नवौँ नम्बरमा ब्याटिङ गर्न आएका स्टार्क ६ रन बनाएर नटआउट रहे।

टी नटराजनले तीन विकेट लिए भने मयंक मार्केन्डेले दुई विकेट लिए। प्याट कमिन्सले पनि एक विकेट लिएका थि ।

११ चैत, २०८०, ०९:२६:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।