आईपीएल : पञ्जाबले ४ विकेटले हरायो दिल्लीलाई

आईपीएल : पञ्जाबले ४ विकेटले हरायो दिल्लीलाई

एजेन्सी : इन्डियन प्रिमियर लिगको दोस्रो खेलमा पञ्जाब किंग्लसले दिल्ली क्यापिटल्सलाई ४ विकेटले पराजित गरेको छ।

दिल्लीले प्रस्तुत गरेको १ सय ७५ रनको लक्ष्य पञ्जाबले ४ बल बाँकी छँदा ६ विकेटको क्षतिमा पछ्याएको थियो।

पञ्जाबलाई जीतमा साम करनले सर्वाधिक ६३ रनको इनिङ्स खेले। उनले ४७ बलमा ६ चौका र एक छक्का हिर्काए।

लियाम लिभिङस्टोनले नटआउट रहँदै २१ बलमा ३८ रनको विस्फोटक पाली खेले। प्रभसिमरन सिंहले २६ रन कप्तान शिखर धवनले २२ रनको योगदान दिए।

दिल्लीका लागि कुल्दीप यादव र खलिल अहमदले २/२ विकेट लिए। इशान्त शर्माले एक विकेट लिए।

यसअघि पहिलो ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ७४ रन बनाएको थियो।

टोलीका लागि शाई होपले ३३ तथा अभिषेक पोरेलले ३२ रन बनाएका थिए। त्यस्तै, डेभिड वार्नरले २९ तथा अक्षर पटेलले २१ रनको योगदान दिए।

पञ्जाबका लागि हर्षल पटेल र अर्शदीप सिंहले २/२ विकेट लिएका थिए। कागिसो रबाडा, हरप्रित ब्रार र राहुल चाहरले १/१ विकेट लिए।

१० चैत, २०८०, २०:०१:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।