एसबिआई बैंक र सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटीबीच सम्झौता

एसबिआई बैंक र सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटीबीच सम्झौता

काठमाडौं : नेपाल एसबिआई बैंक र सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटीबीच सम्झौता भएको छ।

नेपाल एसबिआई बैंकका सम्पूर्ण डेबिड कार्डवाहक तथा योनो नेपाल एसबिआई प्रयोगकर्ता ग्राहकहरूलाई लक्षित गरी सिद्धार्थ ग्रुपका २१ आउटलेटका विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता भएको हो।

सम्झौता अनुसार ग्राहकहरूले खाद्य पदार्थ र पेय पदार्थमा १० प्रतिशत तथा आवासमा २० प्रतिशत छुट  पाउनेछन्।

सम्झौता, बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे, प्रमूख सञ्चालन अधिकृत यादवेंद्र कांत, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्याल, सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटीका प्रबन्धक नृपेश श्रेष्ठ तथा बैंकका वरिष्ठ प्रतिनिधिको उपस्थितिमा भयो।

८ चैत, २०८०, ०८:३८:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।